समस्या र समधान – हरेक शनिवार बिहान ११:३० बजे देखि

समस्या र समधान – हरेक शनिवार बिहान ११:३० बजे देखि

हरेक शनिवार बिहान ११:३० बजे देखि शुरु हुने कार्यक्रम :-

‘समस्या र समाधान’
“सवैलाई खुशी, सवैलाई सुखी बनाउने हाम्रो अभियान । “

कार्यक्रममा विशेषताहरु :-

सम्पूर्ण दैहिक समस्याहरु :-
पूर्वजन्म बाट आएका तमाम दोषहरु जस्तै दिर्घकालिन तथा कुनै पनि उपचार बिधी बाट निको हुन नसकेका रोग ब्याध, बाधा अडचन, कुनैपनी असम्भव जस्ता देखिने समस्याहरु, निरन्तर प्रेत पिशाच बाधा बनि रहनु, विवाह सन्तानमा आउने बाधाहरु, घर परिवारको कुनै पनि सदस्यमा पनि गम्भिर समस्या हुनु तथा बिभिन्न समस्याहरुको कारण र निवारण ।

सम्पूर्ण दैविक समस्याहरु :- 
बिभिन्न प्रकारका दु:ख कष्ट तथा बाधा अडचनहरु, झै झगडा, मुद्दा मामिलाहरु, व्यापार व्यवसायमा नोक्सान, कुनैपनी कार्यमा बाधा अडचन आउनु, नोकरी पेशा या विदेश भ्रमणमा बाधा, पारिवारिक सुख शान्ती नपाउनु ईत्यादी । 
ग्रह दोष, वास्तु दोष, देव पितृदोष, तन्त्र मन्त्र नजर दोष, भूत प्रेत बाधा, डर लाग्ने, आत्महत्या प्रवृती, शरीर काम्ने, देवी देवता या प्रेत पिशाच आउनु लगायतका हरेक समस्याहरु भित्रको सन्देश र समाधान ।

भौतिक समस्याहरु :- 
शरीरमा देखिने कुनैपनी दिर्घकालिन रोग ब्याधहरु जस्तै- शुगर, क्यानसर, दमा, महिना वारी समस्या, बाझोपन, डिप्रेशन, माईग्रेन लगायतका तमाम समस्याहरु भित्रको सन्देश र समाधान ।

नोट :-
अधिकांश समस्याहरुको मूलमा पूर्वजन्म नै कारण बनेको हुन्छ । जब सम्म पूर्व जन्मलाई राम्ररी हेरिदैन तब सम्म कुनैपनी समस्याको पूर्ण समाधान असम्भव नै हुन्छ । 
यस कार्यक्रममा विशेष गरी पूर्वजन्म बाट आएका समस्याहरुलाई विशेष जोड दिईन्छ । 
देव-पितृदोष, ग्रह-वास्तु दोष, प्रेत-पिशाच आदी दोषहरु भएमा उनीहरु बाटै प्रत्यक्ष सन्देश दिईने छ । 
देवी देवता या भगवानहरुले कुनैपनी सन्देश या मार्गदर्शन भक्तजनहरुलाई सिधै प्रदान गरिने छ ।

(शारिरिक मानसिक र भावनात्क दु:ख कष्टहरुलाई नै ‘त्रिताप’ भनिन्छ । त्रितापको मूलमा बिभिन्न कारणहरु हुन्छन जुन अती शुक्ष्म अस्तित्वमा हुन्छन । शरीरमा देखिने रोग ब्याधहरुलाई त बिभिन्न उपचारहरु गरेर भए पनि निको पार्न सकिन्छ । तर कैयौं यस्ता समस्याहरु हुन्छन जसलाई भौतिक रुपमा भोगे पनि या अनुभव गरे पनि त्यसको कारण पत्ता लगाउन सक्दैनौं । यस्ता समस्याहरुको कारण शुक्ष्म या अती शुक्ष्म हुनाले गर्दा बाहिरी आँखाले देख्न सकिदैन अनी निवारण असम्भव जस्तै बनिदिन्छ । यदि मूल कारण थाहा लाग्यो भने जस्तो सुकै समस्याको पनि जरो उखेल्न सम्भव हुन्छ । देखि सकेपछि समस्याको समाधान पनि अती सजिलो हुन्छ । परम कृपा र दिव्य दृष्‍टिको परिधि भित्र कुनै पनि रहस्य लुक्न सक्दैन । आफ्नो समस्याको पूर्ण समाधान र भाग्यको ढोका खोल्ने अवसर सवैले पाउन सक्नु हुनेछ ।)

                                                                                                        श्री ॐ प्रभु ।।।