कार्यक्रम “समागम शक्तिको”

कार्यक्रम “समागम शक्तिको”

परम गुरुवरको प्रत्यक्ष सानीध्यतामा हुन लागेको कार्यक्रम “समागम शक्तिको” सवैलाई अत्यन्तै आवश्यक, आफ्नो जिन्दगीको हरेक कदमहरुमा सहयोग, सुरक्षा तथा आशिर्वादको लागि

यस कार्यक्रम मार्फत परम गुरुवरबाट जिन्दगीका समस्त पूर्वजन्म लगायतका तमाम दोषहरुको निवारण गर्नको लागि साथै जिन्दगी भरिको सहयोग, सुरक्षा र आशिर्वादको साथमा अती विशेष मन्त्रहरु प्रदान गर्नु हुँदैछ । जुन कार्यक्रमको नाम समेत स्वयम भगवान शिवबाट नै प्रदत्त भएको छ । साथै विभिन्न महाशक्तीहरुले यस कार्यक्रमको माध्यमबाट जिवात्माहरुको उद्धार गर्ने प्रतिवद्धता समेत दिनु भएको छ । यस कार्यक्रममा भाग लिनुहुने सम्पूर्ण साधकहरुले पहिला नै आफ्नो नाम दर्ता गराई स्थान शुरक्षित गर्नुहुन अनुरोध गर्दछौं ।

अत्यधिक आवश्यक बिषय वस्तुहरुको अभ्यासमुलक ज्ञान बिज्ञानको साथमा पाउनुहोस –
-स्वास्थ्य, सम्पन्नता र दिर्घायु रहने गुप्त योग-प्राणायाम-मन्त्र-मुद्रा र ध्यानका सुत्रहरु । 
-आफु भित्र लुकीरहेका अनन्त अन्तर्ज्ञानहरुलाई खोल्ने सुत्रहरु । 
-आफु भित्रका अनन्त दिव्यशक्तीहरुलाई खोल्ने सुत्रहरु । 
-हरपल ब्रहम ज्ञानको धारामा स्नान गर्ने परम मार्ग । 
-प्रकृतीका दिव्य तथा अलौकिक सुत्रहरु जसले शान्ती र आनन्दको सागरमा डुबाई दिन्छ ।

यो कार्यक्रमले सिधै फाईदा पुग्नेछ –
-पूर्व जन्मका सम्पूर्ण कर्मदोषहरुको निवारण लगायत ग्रह-वास्तु-भूमी-तन्त्र-मन्त्र-पित्री-भूत-प्रेत-नजर दोषहरु बाट मुक्ती । 
-मानसिक र वौद्धिक क्षमतामा बिकास- जसले सोच्न र बुझ्न् सक्ने क्षमताको बिकास । 
-चिन्ता, तनाब र अनावश्यक उल्झनबाट मुक्ती । 
-विचार र निर्णय लिने क्षमता बढने । 
-कुनै पनि दिर्घकालिन रोग, ब्याध, बाधा अडचनहरुबाट छुटकारा । 
-कुनै पनि शंका उपशंका र डर त्राश बाट छुटकारा । 
-आफु भित्रको देवत्वको अनुभुती । 
-कुनै पनि कार्मिक दोषहरु बाट छुटन सम्भव । 
-आजको भागदौड र व्यस्तताले भरिएको जीवनलाई सुखमय बनाउने कला । ईत्यादी ।

हाम्रो चाहना
-हाम्रो मातृभूमी नेपाललाई विश्वगुरुको रुपमा स्थापित गराउदै यही भूमी बाटै विश्व कल्याणको अभियान चलाऊने । 
-हरेक मानव मन भित्र आफ्नोपना जगाएर बढदै गरेको एक्लोपना बाट मुक्त गराउदै विश्व परिवार निर्माण गर्ने प्रयत्न । 
-दिन प्रती दिन टुक्रिदै गै रहेको परिवार तथा समाजलाई जोडने प्रयत्न । 
-अरुको भलाई गर्नुमा नै आफ्नो सुख देख्न सिकाउने प्रयत्न । 
-आफ्नो मुस्कान बाट अरुको अनुहारमा मुस्कान ल्याउने प्रयत्न । 
-बढदै गरेको बिक्रिती, विसंगती, अन्धविश्वास, कुरिती, कुप्रथा, कुसंस्कार, धुम्रपान, मध्यपान, व्यभिचार र अराजकता जस्ता अव्यवहारिक व्यवहारहरुको उन्मुलन गर्ने प्रयत्न । 
-हरेक मनुष्य भित्रको देवत्व र ईश्वरत्वलाई जगाउने अभियान । 
-प्रकृती, प्राणी र मनुष्य बिचको अन्तर्सम्बन्धलाई जोडने प्रयत्न ।

हामी सवै एउटै ईश्वर कै सन्तान हौं, समाजलाई तोडेर होइन, जोडेर लैजानको लागि सवैले हातेमालो गरी अगाडि बढौं ।