चाल चरित्र चिन्तन

चाल चरित्र चिन्तन

चाल चरित्र चिन्तन
मानिसको भौतिक शरिरको माध्यमबाट गर्ने क्रियालाई चाल भनिन्छ । हरेक क्रियाबाट सकरात्मक वा नकरात्मक प्रतिक्रिया प्राप्त हुुन्छ उक्त मानिसले गर्ने क्रियाको प्रतिक्रियाबाट उसको चरित्र चित्रण हुन्छ । अर्थात सकरात्मक क्रियाबाट असल व्यक्तित्व झल्कन्छ भने नकरात्मक कार्यबाट व्यक्तिको खराब चरित्र चित्रण हुन्छ ।

यिनै बिबिध कारणहरुबाट प्रभावित भएर जुन मानब मस्तिष्कमा आउने सोच-विचारहरु हुन्छन, यिनैलाई नै चिन्तन भनिन्छ । उक्त चिन्तनको आधारमा फेरी हाम्रो यो सम्पूर्ण चाल चरित्र र चिन्तन बनी रहन्छन । यसैको चक्रमा हरेक मनुष्यले आफ्नो जिन्दगीको डुंगालाई बगाई रहेको हुन्छ । यदि हामीहरुले यसका सम्पूर्ण भित्री रहस्यहरु लाई राम्ररी जान्न सक्यौं भने फेरी जीवनको डुंगा कहिल्यै डुब्ने छैन, जीवनको हरेक प्रकारका सुख शान्ती र आनन्दहरुको भोग गर्दै परमानन्दलाई पनि प्राप्त गर्न सक्ने छौं । यही जीवनमा नै हामी मनुष्य शरिरलाई देव शरिरमा सजिलै सित रुपान्तरण गर्न सक्नेछौं ।

यस कार्यक्रममा ति गुप्त कुराहरु पनि परम गुरुवर बाट सिक्न सकिन्छ, जुन कुराहरु अहिले सम्म कुनै धर्म ग्रन्थहरुमा लेखिएको छैन । किनभने यो कार्यक्रम परम गुरुवर बाट प्रतिपादित भएको हुनाले अती दुर्लभ तथा गुप्त ब्रहम ज्ञान र आध्यात्मिक रुपान्तरणका सुत्रहरु प्रदान गराईन्छ । जसको उद्देश्य केवल सम्पूर्ण मनुष्यहरुको हितको लागी हो र यसै जिवनमा आफुलाई देवत्व शरिरमा परिवर्तन गर्नु हो ।