एक कदम सत्यको युग तिर किन यती महत्वपूर्ण अभियान छ

एक कदम सत्यको युग तिर  किन यती महत्वपूर्ण अभियान छ

मातृत्व शक्ती ईश्वरको सवै भन्दा ठुलो वरदान हो जसमा सम्पूर्ण सृष्टी को शक्ती लुकेको हुन्छ। यसै बाट नै परमेश्वर ले आफ्नो अस्तित्वलाई विभिन्न रुप स्वरुप मा प्रकट गर्ने गर्छँ। प्रत्यक पुरुष प्राणीको माध्यम बाट स्त्री प्राणी को गर्भ हुँदै आफ्नो शुक्ष्म स्वरुप लाई प्रकट गराउछ। त्यसमा पनि मानव जीवन त झनै सर्वा्धिक महत्वपूर्ण रहेको मानिन्छ। किनभने भनिन्छ कि मानव नै यस्तो जीव हो जो ईश्वर कै रुप धारण गरी यो सम्पूर्ण जगत माथि आफ्नो अर्को विस्तार गर्न सक्छ। किनभने मनुष्यमा मात्रै त्यो शक्ती लुकेको छ जसले आफ्नो वुद्धी र विवेक लाई प्रयोग गर्न सक्छ । यती मात्रै होइन, मनुष्य मात्रै प्राणी ले परमेश्वर को सम्पूर्ण गुप्त रहस्य हरुलाई जान्न सक्छ, अनी अन्तिम मा परमेश्वर कै अस्तित्व लाई प्राप्त गर्न सक्छ। यस्ता हाम्रा थुप्रै ग्रन्थ हरु प्रमाण छन जसको मध्याम बाट यि कुरा हरुलाई प्रमाणित गर्न सकिन्छ। जती पनि अवतारी पुरुष हरु , दिव्य सन्त (महात्मा हरु , धर्म ग्रन्थ का रचनाकार हरु सवै यसका उदाहरण हुन। उनै अवतारि, सन्त, महात्मा हरुकै माध्यम बाट यस जगत या पारलौकिक जगत का गुप्त रहस्य हरु हामी सवै ले जान्न पाएका छौ। जस्तैस् श्री राम, श्री कृष्ण, भगवान वुद्ध, जिशश,कवीर, साई, नानक आदी आदी। उनी हरु पनि कुनै न कुनै स्त्री को गर्भ बाट हुँदै यस् जगत मा अवतरण भएका हुन जसलाई हामी आज भगवान को श्रेणी दिएर पूजा गर्छौं या उनी हरुले दिएको मार्गलाई अनुसरण गर्ने गरेका छौ। तर हामी गल्ती के गर्छौं भने केवल बिती सकेको लाई मात्र प्राथमिकता दिने गर्छौं। जुन हाम्रो समक्ष हुन्छ, त्यसलाई मान्दै मान्दैनौं। त्यसै ले ति सवै भगवान भन्ने हरु पनि उनी हरुको जीवन काल भरी त्यस्तै संघर्ष मा डुबिरहे। उनी हरुको जीवन काल भरी उनी हरुलाई पनि तिरस्कार गरियो। जव संसार छोडे, अनी मात्रै उनी हरुको बखान गर्न लागियो। उनी हरुले बोलेका कुरा हरुलाई संकलन गरी ग्रन्थ बनाईयो। जव उनी हरुको जीवन समाप्त भयो अनी मात्रै धेरै गीत गाउन लागियो। भन्नु को अर्थ यत्ती मात्रै हो कि हामी वर्तमान लाई कहिल्यै चिन्न सक्दैनौं। जव वर्तमान लाई चिन्ने अवसर आउछ, त्यतिखेर समयले मुख बाट बोल्ने वाणी पनि वापस खोसी सकेको हुन्छ। अरु लाई बुझाउन चाहन्छ तर बोल्नै सक्दैन। सत्य यत्तिकै हराएर उ सँगै विलिन हुन्छ। यसरी नै सामान्य मनुष्य हरु जीवन मा गल्ती गरी रहेका हुन्छन। त्यसै मध्य वैवाहिक सुत्र, गर्भाधान प्रकृया र एउटा अर्को जीवनको आगमन पनि हो, जसमा शाक्षात ईश्वर को विराट विस्तार लुकेको छ। तर हामी कहिल्यै पनि यो अलौकिक घटना लाई गहिराईमा हेरेका छैनौ न त सोच्ने गरेका छौं। यत्ती सम्म मात्रै सोच्दछौ कि मेरो छोरा(मेरो छोरी आदी मात्रै। केवल संसारिक दृष्टि बाट मात्रै हेर्ने गर्छौं। किनभने यो दिव्य घटना लाई बोध गराउने कुनै योग्य पुरुषको जन्म पनि त हुन सकेको छैन। यदी यदा कदा बुझाउने वाला हरु भेटिए भने उनी हरु पनि आफ्नै स्वार्थ मा धृतराष्ट जस्तै अंधा छन अनी कसरी यती दिव्य घटना को बोध हुन सक्छ। यदी कुनै महा पुरुष हरुले गराईदिए भने पनि उन को पश्चात फेरी लुप्त हुन जान्छ। त्यसै ले हामीले मातृत्व शक्ती र गर्भाधारण को प्रकृया लाई सामान्य दृष्टि बाट कदापी हेर्नु हुँदैन। किनभने यो संसार मा हुने सृष्टी को सवै भन्दा ठुलो र विलक्षण घटना हो । यही समय हो यदी हामी लाई यसको पूर्ण ज्ञान हुन सक्यो भने पून अनेकौं दिव्य र महान आत्मा हरुलाई अवतरण गराउन सक्छौ, जसको माध्यम बाट फेरी यो धर्ती मा सत्यको युग आउन सक्छ। प्रत्यक मनुष्य हरु ईश्वरको यो रंगमन्चमा वावु आमा को पात्रता को अभिनय गर्दै आफ्नो जीवन लाई सार्थक बनाउदै पूर्णता तिर लैजान सक्छ। अनी मात्रै कुनै मनुष्य यस् धर्तीमा जन्म लिएर यो प्रकृती आमा को ऋण चुक्ता गर्न सक्छ। ईश्वरिय कार्य मा स्वतस् सहभागी हुन सक्छ। अव ईश्वर यस्तो व्यक्ती भित्र बाट स्वतस् बोल्न लाग्छ।
यस अभियानमा हरेक मनुष्य हरु ले अभिनय गरी आफ्नो जीवन लाई सार्थक बनाउन सक्छन न केवल वुवा आमा मात्रै बनेर। वृद्ध(वृद्धा हरुले पवित्र मार्ग दर्शन गर्न सक्छन, उनी हरुको हेरचाह गर्न सक्छन भने उमेर भएका हरुले उच्च श्रेणीका दिव्य तथा महान आत्मा हरुको अवतरण कार्यमा पवित्र हृदय लिएर सहभागी हुन सक्छन। उमेर नभएका हरुले दिव्य तथा पवित्र ज्ञान लाई धारण गरी निरन्तर यस दिव्य अभियान को लागि योग्यता ग्रहण गर्दै जान्छन। किनभने यो अभियान हरेक नयाँ जीवन सँग जोडीएको छ, यो सृस्टि को विस्तार सँग जोडीएको छ, ईश्वरको लीला सँग जोडीएको छ । यदी हरेक मनुष्य हरु ले यो अभियान लाई आत्मसात गरी हिडने हो भने यो धर्ती स्वर्ग हुन धेरै समय लाग्ने छैन। जरुरी छ त केवल बुझाई मा, ईमान्दारितामा, अनुशासन मा, नैतीकता मा र आचरण मा ।
हुनत कसले चाहदैन आफ्नो सन्तान एउटा युग पुरुष जन्मोस भनेर तर ज्ञान र क्षमताको कमी कै कारण हो जसको कारण यती दिव्य घटना प्रती पनि हामी सचेत नै छैनौं। अतस् समय आई सकेको छ, त्यस्तो युग पुरुष को पनि अवतरण भई सकेको छ जसले यो अलौकिक तथा दिव्य अभियान लाई पूर्णता दिन सक्छ, साकार गराउन सक्छ , पूर्ण मुक्त गराउन सक्छ हरेक अज्ञानता बाट। यही अवसर बाट प्रत्यक स्त्री पुरुष हरुले गर्भधारण भन्दा पहिला, गर्भावस्था र प्रसव पश्चात पनि पूर्ण दिक्षा(शिक्षा ग्रहण गरी तेजस्वी बाल बालिका को जन्म गराई आफ्नो जीवन लाई सार्थक गराउन सक्छन। तर कस्तो बिडंवना कि यो प्रकृती को सवै ठुलो सृजन या घटना लाई पनि राम्ररी बुझ्नै सकेका छैनौं न त अध्ययन नै गर्न सकेका छौं। किनभने यो प्रसँग साच्चै भन्दा गहिरो र जटिल पनि छ जुन भौतिकता भन्दा शुक्ष्मता सँग धेरै जोडीएको छ। भौतिक जगत मा प्रकट हुनु भन्दा पहिला शुक्ष्म जगत मा प्रकट हुन्छ या अस्तित्व मा आएको हुन्छ । तर हामी यस अन्तर प्रकृया बाट अनभिज्ञ नै हुन्छौं। अझै अर्को कुरा के भने शुक्ष्मता मा आउनु भन्दा पनि पहिला त एकदम सुन्यता मा, अस्तित्व विहिन अस्तित्वमा हराई रहेको हुन्छ। कती दुर्भाग्य कै कुरा छ कि यती संवेदनशिल स्थिती बारे कसै लाई पनि जानकारी हुँदैन न त स्त्री लाई न त पुरुष हरुलाई। यदी गर्भाधान प्रकृया भई रहेको पनि छ भने केवल शारिरिक स्वार्थ र ईन्द्रिय हरुको अधिन मा रहेर गरिएको हुन्छ। यो नै जीवन को सवै भन्दा ठुलो अज्ञानता हो। जीवन कसरी आउछ, निर्माण हुन्छ, फेरी कहाँ जान्छ यदी यही नै थाहा छैन भने फेरी अरु के चाँही थाहा छ त ? यही नै सम्पूर्ण जीवन र सृस्टि को अवहेलना गर्ने र तिरस्कार गर्ने अनी अनेकौ विकृत अवस्था को शुरुवात पनि। किनभने यही त हो त्यो घटना जहाँ बाट एउटा अर्को जीवन को शुरुवात।
अव यस धर्तिमा कस्तो प्रकार को व्यक्तित्व वाला या चरित्र वाला मनुष्य को जन्म हुन्छ भन्ने कुरा यही समय बाट नै शुरु हुन्छ। जन्मी सके पछीको विचार, चिन्तन र पश्चताप बाट केही हुन सक्दैन। हामी राम को अवतरण गराउने कि रावणको, कृष्ण को अवतरण गराउनेकी कंशको, वुद्ध को जन्म गराउने कि बुद्धु को भन्ने बिषय को चिन्तन गर्ने समय र अवस्था नै यही हो। यशु लाई कुनै महिला सन्त ले सोधेकी थीईन कि हामी बाल बालिका हरुलाई कहिले देखी शिक्षा दिक्षा दिनु पर्छ भन्दा उनले भनेका थिए, १०० वर्ष पहिला देखी भनेका थिए। उत्तर सुनेर अचचम्भित परेकी थिईन । हो, यो अत्यन्तै सत्य छ। हाम्रा ऋषी मुनी हरुले त्यो भन्दा पनि पहिला शुरुवात गरेका थिए गर्भ संस्कार भनेर। अहिले पनि १६ प्रकार का संस्कार हरु प्रचलन मा छन। जसमा केवल जीवन लाई चैत्यन्य बनाउदै कसरी ईश्वर को प्राप्ती गर्ने, कसरी त्यही दिव्य र अलौकिक चेतना लाई प्राप्त गर्ने भन्ने कोशीस थियो। तर आजका दिन हरु मा केवल कर्म काण्ड र पेशागत रुप हुन गएको हुनाले यती गहिरा रहस्य हरुलाई पनि विकृत बनाईेको छ। कती ठुलो समस्या हो साच्चै नै गहिरो चिन्तन गरी हेर्ने हो भने गर्भावस्था नै यस्तो समय हो जहाँ बाट हामी चाहे जस्ता महा पुरुष हरु लाई अवतरण गराई आफ्नो जीवन लाई धन्य बनाउन सक्छौं। अनी मात्रै त्यो व्यक्ती यो भौतिक जगत मा मात्रै नभएर परा जगत भित्र अनेकौं लोक लोकान्तर हरुमा पनि पूजानिय हुन सक्नेछ। तर हामी लाई यती अनन्त चेतना ले छुनै सकेको छैन अनी पशुवत जिन्दगी लाई बिताउन वाध्य हुन्छौं। यस महान तथा प्रकृती को सवै भन्दा ठुलो घटना लाई पनि बोध गर्न सकेका हुँदैनौ जसको प्रतिफल कुनै पनि महान आत्मा हरुको जन्म हुनै पाउदैन। फेरी अनेकौ पाप कर्मदोष हरुले लिप्त निम्न श्रेणी का कुटिल र राक्षस प्रवृती का आत्मा हरुले जन्म लिन्छन। अनी जव त्यस्तै प्रकार का मनुष्य हरुको संख्या बढी हुन्छ, यो धर्ती नै निस्साशिन पुग्छिन, धर्ती आमा लाई बोझ ह्हेरै हुन जानाले अनेकौं प्रकोप हरु पनि हुने गर्छँ। यस धर्ती मा प्रचण्ड हुँदै जान्छ अनेकौं अनाचार, अत्याचार, हिंसा, अधर्म, कुकृति(विकृती हरु। जसलाई कसैले पनि रोक्न सक्ने छैन। तर पनि ति घोर पाप कर्म हरुले भरिएका आत्मा हरुको संख्या भने बढदै जाने छ किनकी जहाँ पनि राम्रो भन्दा नराम्रो कै संख्या धेरै हुन्छ। आजकाल त झन जता कतै कुकृति(विकृती को मात्रै कोलाहल मच्चिएको छ चाहे त्यो भौतिक जगत होस या परा जगत नै किन नहोस्। यदी राम्रा र उच्च कोटिका आत्मा हरुले जन्म लिए भने पनि निस्सासिदै बस्न वाध्य हुन्छन। हुनत सवै समय कै चर्खा हो, चली नै रहन्छ। समय कै आधार मा सवै अस्तित्व प्रकट हुँदै जान्छ, तर पनि हामी समय भन्दा पनि परै बाट यस्ता दिव्य अभियान हरुलाई सकृय बनाउन सक्यौं भने समय ले फेरी हामीलाई सहयोग अवश्य गर्ने छ। अन्तत समय ले सिकाउन खोजेको कुरा लाई झनै राम्ररी अवलोकन गरी अगाडि बढन सक्नेछौं। केही प्रतिशत मात्रै भए पनि सफल हुन सक्यौं भने पनि यस काली को घोर अंधकार लाई चिर्ने एउटा सानो दियो जस्तै हुने थियो। यदी हामी यो “एक कदम सत्य को योग तिर “ अभियान लाई निरन्तरता दिन सक्यौं भने पक्कै पनि ति दिव्य र महान आत्मा हरुलाई अवतरण गराउन सक्ने थियौं। यदी उनी हरुलाई निरन्तर दिक्षा(शिक्षा दिन पायौं भने यो बाह्य दुषित कलिको चेतना ले ढाक्न पाउने थिएन। समय को सँग सँगै बढदै जाँदा एकदिन त थोरै मात्रा मा भए पनि यस् धर्तिको भार लाई हल्का गराइ आफ्नो जीवन लाई धन्य गराउने थियौं। अनी मात्रै यो मानव देह मा आएर मनुष्य जीवन ले पूर्णता पाउने थियो। केवल धर्म को ढोल बजाएर मात्रै कर्मदोष समाप्त हुँदैन। पूजा आजा, धर्म कर्म दान गर्छु भन्दै मा जीवन ले कदापी सार्थकता पाउनेछैन। ध्यान साधना गर्छु भन्दै मा पनि हुने छैन किन भने केवल आफुलाई मात्रै अर्ने मान्छे स्वार्थी हुन्छ, स्वार्थवश गरिने कार्य केवल आफ्नो लागि मात्रै हुन्छ। त्यस्तो मान्छे ले न यो जीवन को लागि केही गर्न सक्यो न त यस् धर्ती को लागि नै केही गरेर गयो। तर यो कार्य सिधै ईश्वरको कार्य सँग जोडीने छ।
यि सवै अवस्था हरु लाई चिन्तन गर्दै “एक कदम सत्य को युग तिर “ अभियान लाई अगाडि बढाउने हो भने फेरी फेरी केही न केही त अवश्य हुनेछ हाम्रो जीवन सार्थक। फेरी हरेक सहयोगी दिव्य आत्मा हरु ले पक्कै पनि परमेश्वर सँग नजिक को नातो गस्ने छन। अनी स्वयम नै कार्य गर्दा गर्दै परमात्मामय बन्ने छ। किनभने यो अभियान अत्यन्तै दिव्य र अलौकिक छ ।