परा बिद्या स्वास्थ्य साधना शिविर

परा बिद्या स्वास्थ्य साधना शिविर

परा बिद्या स्वास्थ्य साधना शिविर
यो शरिर छ त जीवन छ, जीवन छ त सृस्‍टि छ, सृस्‍टि छ त परा सृस्‍टि छ । यदी परा सृस्‍टि छ भने फेरी पक्कै पनि अन्य अस्तित्व पनि लुकेकै होला । तर हामी अज्ञानतावश यि सवै रहस्यहरुलाई वास्तै नगरि केवल भौतिक शरीर र भौतिक संसारमा मात्रै अल्मल्ली रहेका हुन्छौं । हाम्रो अगाडि नै हरेक जन्मिने प्राणीहरुले यो भौतिक संसार छोडेर फेरी अन्तर्लीन भएको देख्दा देख्दै पनी उक्त रहस्यलाई जान्न नै चाहदैनौं । यदी जीवनमा कुनै पनि रोग ब्याध दु:ख कष्टहरु आए पनि बाहिर अर्थात भौतिक तरिका बाट मात्रै त्यसको निबारण गर्ने प्रयत्न गर्छौं । तर धेरै यस्ता समस्याहौ छन जसको अहिले सम्म पनि कुनै समाधान नै छैन । चाहे त्यो समस्या शरिर को होस या शरीरको कारण ले जीवनका तमाम समस्याहरु नै किन नहोउन । यि सवै कुराहरुलाई ध्यानमा राख्दै परम गुरुवर बाट प्रदत्त “परा बिद्या स्वास्थ्य साधना शिविर” को माध्यम बाट भौतिक तथा शुक्ष्म सवै समस्याहरुको पूर्ण निदान गराउनको निमित्त ॐ श्री त्रिकुटा गुरुधाम नेपालले समय समयमा उक्त कार्यक्रम संचालन गर्दै आएकोछ ।