Guru & Guru Diksha

Guru & Guru Diksha

गुरु र गुरुदिक्षा
गुरुको बिना हामीहरु जिवनमा केहि पनि गर्न सक्दैनौ,एक्लै केवल गुरु मात्रै हुन्छ जसले सत्यको कठिन मार्गबाट बाहिर निकाल्छ । गुरुले नै त्यो मार्ग, त्यो दिशा देखाउछ, जसमा प्रत्येक ब्यक्ति हिड्नु पर्छ ताकि जिवनको मार्ग सरल बनोस् । गुरुको बिना हामी अधुरो हुन्छौ । गुरु नै जिवनको सम्पूर्णता सँग परिचित हुन्छ । गुरुको समक्ष जिवनको प्रत्येक रंग यस्तै प्रकार संग एक पक्ष भाग हुन्छ जसको कार्य हर ब्यक्तिलाई कल्याण गरी उसको भौतिक जिवनलाई सवारदै , शिष्यलाई आध्यात्मिक उचाई संग परिचित गराउने,दुबैको अन्तरलाई बुझाउने र अन्तिम लक्ष्य सम्म पुर्याउने ,यहि नै गुरुको लक्ष हन्छ बेशर्त शिष्यमा सबै अहंकार विलिन भै सकेको होस् । यसै कारण नै जिवनमा गुरुको अत्यन्तै आवश्यकता पर्दछ । नत्र हामी आफ्नै बरिपरीको ब्यक्ति,समाज बिशेष अवलोकन गर्न सक्यौ, जसले जिवनमा गुरु धारण गरेको छ, गुरुको महत्वलाई आत्मासाथ गरेको छ, या जसले गरेको छैन, त्यस्ता ब्यक्तिहरुमा सोच–बिचार कर्म गर्ने तरिका देखि लिएर जिवनको हरेक क्षेत्रमा जमिन आकाशको फरक पाउन सक्छौ । उनिहरुको बिबेक, चेतना, चिन्तन कति फरक पर्छ आँफै पनि अनुमान लगाउन सकिन्छ ।
गुरु शिष्य परम्परालाई बझ्ने कोशिस गर्दै उच्चतम लक्ष्यलाई भौतिकताको स्पर्श दिदै अन्तमा शुन्यमा लगेर पूर्ण बनाउन नै गुरु शिष्य सम्बन्धको यूग–यूगान्तर चलिरहने वाला अटुट क्रम हो । जो कहिल्यै टुट्नेवाला,छुट्नेवाला हुदैन । यति छोटो गुरु शब्दमा सम्पूर्ण पूर्णता लुकेको छ, जसमा शिष्य जोडिएर जिवनका अनन्त दुर्लभ रहस्यहरु ज्ञात गर्न सक्छ,जो सत्यको च्यादरले ढाकिएको छ । जसलाई बुझ्ना साथ जिवनको सम्पुर्ण रस प्रकट हुन्छ । जस्तै गुरु सँग जोडिदै सम्बन्ध गहिरिदै जान्छ जिवनका यि सव रहस्यहरु सँग ओत प्रोत गराउदै गुरुले हामीलाई त्यो श्रेणीमा ल्याएर खडा गर्छ जहाँ हामीलाई असीम आन्तरिक सुख मिल्छ । तर यि सब गुरु दिक्षा बिना सम्भब हुन सक्दैन ।
गुरु दीक्षा नै एक यस्तो माध्यम हो, जसको माध्यम बाट नै गुरु ले शिष्यको भित्र प्राण भरिदिन्छ, जसमा जो राम्रा– नराम्रा ले भरिएका छन् सबै दीक्षाको माध्यमबाट बाहिर निकाल्ने एक क्रम बन्दै जान्छ । हामी हाम्रो जीवनमा अनेक–अनेक कर्महरु गर्ने गर्छौं तर थाहा छैन आफु भित्र के के बटुल्दै थुपारेका छौ । यी आँखाहरुले हरेक दिन के–के देख्छ, सुन्छौ, लडछौ, झगडा गर्छौ ,राम्रो नराम्रो थाहा छैन के के प्रयोग गर्छौ, आफ्ना यी नै स्वभाविक बानि व्यवहार अनुसार आफु भित्र यति धेरै तनाब ,चिन्ता, दुःखले भरिदिन्छौ कि शरीर भित्रको उर्जा प्रवाह नै रोकिन थाल्छ । जसको कारण अनेक प्रकारका रोग, व्याध ,दुःख ,कष्ट ,विषय विकार उत्पन्न हुन्छन । यति धेरै मुश्किलातहरु जीवनमा पैदा हुन्छन । यी सबको पछाडि एक कारण हुन्छ, जुन विचारहरुलाई हामिले बटुल्यौ, त्यसमा मनको दबाब, तनाब अत्याधिक बढन जान्छ कि सोच्ने ,बझ्ने क्षमता नै कमजोर हुन जान्छ । जसको माध्यमबाट जीवनमा सहि निर्णय लिन सक्दैनौ, जसको कारण भित्र भित्रै हमेशा दुःखि रहन्छौ । अनि साना साना समस्याहरुको पनि निवारण गर्न सक्दैनौ । न त कसै सँग यति समय छ एक समस्याको लागि घण्टौ घण्टा बसेर सहि निर्णय लिने, न त कसै सँग यति धेरै धन दौलत छ कसैलाई धन दिएर सल्लाह मसौरा गर्ने । यसै कारण आजको दिनमा हर कसैको चेहरामा शान्ति छैन ,सुख छैन ,आनन्द छैन, हमेशा मुर्झाई रहेको चेहरामा दुःख पिडाको अन्धकार बादलले छोपिराखेको हुन्छ । यति राम्रो मुल्यवान जीवन जसलाई पाउन अनेक देवी, देवता ,सिद्ध, गन्र्धवहरु पनि लालायित छन । आजको मान्छेलाई यस्तो जीवन पनि अर्थहिन लागिरहेको छ ,बोझ भईरहेको छ । सब्जीको बजारमा आलुको भाउ खोज्छ तर आफ्नो जीवनको मुल्य भने थाहै छैन । यिनै नकारात्मक,चिन्ता ,तनाव ,विचार बाट मुक्त हुने भन्दै अझ अनेकौ नराम्रा बस्तुको सेवन गर्न थाल्छ । जाँड,रक्सि,चुरोट, गाँजा, चरेश जस्ता अनेकौ जीवन-नासिनी पदार्थहरु अँगाल्छ । यी जीवन नासक जहरहरुलाई अत्यन्तै मुल्यवान गराउछ । यिनको सेवन गर्न किन्नको लागि जति पनि पैसा खन्याउन तयार हुन्छ । तर गुरु ले निरन्तर ब्रहम रस दिईरहेको हुन्छ ,अमृतको बर्षा गराईरहेको हुन्छ, तर यसको मुल्य बजारको आलु बराबरको पनि छैन । जसले पनि यि सबको मुल्य भाउ बझ्न सक्ला शायद त्यसको अब विवेकको द्धार खुल्न लागेको हुन्छ । चेतनाको स्तर बढेको हुन्छ । अब सायद गुरु महिमा लाई आत्मासात गर्न थालेको हुन्छ । नत्र त कहाँ यो स्वार्थ मनले अमृतको रस त सित्तैमा खोज्छ तर जहर किन्दा भने राम्रो राम्रो अर्थात जसमा धेरै मुल्य लेखिएको छ त्यहि चाहियो । अनि मात्र अहंकारको प्यास मेटिन्छ । यहाँ गुरुको उद्देश्य अर्थात सत्यको ढोकालाई ढकढकाउन हो । किनभने सत्य कटु अर्थात तितो हुन्छ, जो मान्छेलाई मन पर्दैन खेचरि मुद्रा लगाएर वह्मरन्ध बाट निस्कने अमृत रस पनि तीतो नै हन्छ । तर यसको रसपान केवल सच्चा योगिले मात्रै गर्न सक्छन, झुठा, आडम्वरि र छलावा ले गर्न सक्दैन । त्यसैले हो परम गुरुवर ले आफ्नो कवितामा उल्लेख पनि गर्नु भएको छ,
“संसारको यो विचित्र मेला, ईश्वर खोजी रहेछन यहाँँ ।
जन्मिएर मृत्‍युलोकमा, आँफै गुमनाम भएछन यहाँँ ।। १।।
कोशीस पनि गरेनन कतै, वासना मै डुबेछन यहाँ ।
जस्तै कुनै मधुमख्खी, चासनी मै मरेछन यहाँँ ।। २।।
वासनाको गन्ध सँगै, ईश्वर खोजी गर्दैछन यहाँँ ।
ईन्द्रिय कै सहारामा, मन्दिर मुर्ती पूज्दैछन यहाँ ।। ३।।”

यदी जीवनमा एकपटक पनि योग्य, जागृत र सत्यमार्गि गुरुबाट दिक्षा ग्रहण गर्न सक्यो भने जीवन धन्य बन्न जान्छ । हाम्रा यी समस्त नकारात्मक विषय ,बस्तु ,व्यबहार प्रति अँकुश लगाउन लाई केवल गुरु र गुरुदिक्षा बाट मात्र सम्भव हुन्छ । जो चुपचाप दिक्षा दिएर शिष्यको भित्र आफ्नो व्रह्म ऊर्जा लाई सम्प्राण गरिदिन्छ । जसको माध्यम बाट अब हाम्रो भित्रको जति पनि रुकावटहरु छन ती सब वाहिर आउन थाल्छन । व्यवहारहरु बदलिन शुरु हुन्छन,हाम्रो मानसिकता माथि परेको बोझ हटन थाल्दछ । अनेकौ ग्रहहरुका दुष्प्रभावका आवरणहरु छुटदै जान्छन । यी सब कुराहरु केवल गुरु दिक्षा बाट मात्रै सम्भव हुन्छ । त्यहि यदि शिष्यमा सहि पात्रता छ भने त उसको जीवनमा क्रान्ति आउन थाल्दछ । कतिले यो दिक्षा शब्द सुनेकै हुदैनन, कसैले सुनेर अर्थ जानेका हुदैनन । कसैले शाब्दिक अर्थ बुझे पनि दिक्षा प्राप्त गर्ने भाग्य पाएका हदैनन । यदि कसैले दिक्षाको सौभाग्य पाई हाल्यो भने फेरि पात्रता नै हुदैन । त्यसकारण भैसि लाई सुनको लकेट जस्तै हन्छ । कतै कतै संस्कारीहरु ले कान फुकेर परम्परागत दिक्षा दिने गर्छन तर त्यो पनि केवल संस्कारकै डोरिले बाधिनु हो । दिक्षा जबकी विभिन्न प्रकारले दिने प्रचलन छ । तर यो सम्प्राण दिक्षा केवल यहि सत्य मार्गमा मात्रै छ । मेरो सदगुरु श्री सत्यानन्दजी महाराज जो नन्द सम्प्रदायमा हुनुहुन्थ्यो । नन्द सम्प्रदायको बीज नै व्रह्म हो । जसमा अघोर,बज्रयान ,कन्दौली ,शिव तन्त्र ,जस्ता महा विद्याहरुको मिश्रण छ । फेरि पनि शाब्दिक रुप बाट दिक्षाको अर्थ हुन्छ दक्ष हुनु अर्थात हर कार्यमा निपुर्ण हुनु । यदि सत्यमार्गि गुरु बाट सुनियोजित तरिका सहित समयको आधारमा दिक्षा लिना सक्यो अवश्य पनि जीवनको पुर्ण लाभ उठाउन सफल भईन्छ । अव दिक्षित व्यक्ति दिक्षाको महत्व देखि अन्जान हुनै सक्दैन । अनुभव नै प्रत्यक्ष प्रमाण हो ।
दिक्षा शब्द चार शब्द बाट बनेको छ ।
द— शिवा,स्वस्तिक,जितेन्द्रिय
ई— त्रिमर्ति,पुष्टि,शांन्ति ,महामाया
क्ष— क्रोध,संहार,महाक्षोम,अनलक्ष्य
आ— प्रचण्ड, नारायण ,क्रिया
दिक्षा शब्दको यस परिभाषामा शिव र शक्तिको संयुक्त रुप हो जो महामाया, तृप्ती एवं विशुद्धताको स्थिति हो । जीवनमा क्रान्ति पैदा गराउने क्रिया नै दीक्षा हो । जस्तै शिव र शक्तिको मिलन बाट कार्तीकेयको जन्म हन्छ । त्यस्तै शिष्यको प्राण उर्जा र गुरुको व्रह्म उर्जा सम्प्राण हुना साथ जीवनको महायात्रा शुरु हुन लाग्छ । जहाँ हाम्रा हर प्रकारका दोषहरु नष्ट गर्ने क्रिया हुन्छ भने दिक्षा पश्चात व्यक्ति आफ्नो भित्र निहित क्रिया शक्ति,ईच्छा शक्ति र ज्ञान शक्तीलाई जागृत गर्दै ,तिनैमा सन्तुलन स्थापित गर्दै पूर्ण बन्दै जान्छ । त्यस्तो व्यक्ति कसै माथि आश्रित हुदैन । अब यी व्यक्तिहरुमा निर्णय लिने क्षमता खुद भित्र बाट आउन थाल्छ । तर यहाँ सोच्नु पर्ने कुरा के छ भने जे पनि राम्रो भईरहेको छ भने अब गुरुको कार्य सम्बन्ध लाई विर्सेर मैले गरेको भन्ने भाव आउन सक्छ । यदि कुनै कुरा भएन भने फेरि मात्रै गुरुको या ईश्वरको स्मरण हुन्छ । त्यसैले पनि हो कि जति जति मान्छेहरु बढदै छन मोज मस्तिको साथमा छन । परमात्मा लाई भुल्दै छन अनि जति जति भुल्दैछन दुःख कष्टहरुले कति खेर आफनो जालले ढाक्छ थाहै लाग्दैन ।
यिनै कारणहरुले पनि गुरु दिक्षाको बिना जीवन बेकार छ । सबैको जीवनमा सब भन्दा पहिलो जरुरी वास्तबमा गुरुकैे छ । ता कि जीवन मार्ग सहजताका साथ दिव्यताको यात्रामा, पथमा लागोस । यसैकारण हर धर्म सम्प्रदायमा भनिन्छ गुरु विना ज्ञान छैन । किनकि दिक्षाको माध्यम बाट गुरु आफ्नो चैतन्य प्राण शिष्यको प्राणमा सम्प्राण गराउछ दुबै एक हुन्छन । दीक्षाको माध्यम बाट नै उर्जाको स्रोत निरन्तर प्रकट हुन लाग्छ । अब शिष्यको भाग्यको जन्म र पूर्व जन्मका घटना क्रम यति छिटो चल्न थाल्छन कि आउने वाला समयमा जो घटना दश वर्ष पश्चात आउने छ दिक्षाको माध्यम बाट गुरुले त्यस घटना लाई कुनै न कुनै रुप बाट टालिदिन्छन । अर्थात दीक्षा लिना साथ शिष्यका पूर्वका कर्म बन्धनहरु काटिन सुरु गर्छन । हर सोचमा परिवर्तन हुन जान्छ । जीवनको दिशा नै पुर्ण रुपमा बदलि हुन शुरु गर्छ । जीवनमा गुरु अनि गुरुदिक्षा दुबैको सम्बन्ध यति छ कि दुनियाको कुनै पनि व्यक्ति संग जीवन भरी जोडिन सक्दैन । जस्तै बच्चा जति सुकै नालायक होस या अत्यन्तै हुनर वाला होस । आमाको लागि बच्चाको प्रति ममता कसैमा कम हुँदैन । जब बच्चा गर्भमा थियो आमाको साथ जोडिएको थियो । आमाकै हर स्वासको साथ बाँचेको थियो जब यस भौतिक जगतका आई गुरु शिष्य परम्परामा आई दिक्षा बाट सम्प्राण हुन्छ अनि शिष्यको चेतना पनि गुरुकै जस्तै बन्दै जान्छ । अर्थात शिष्यको चेतना निरन्तर गुरु संग जोडिएको हन्छ । यस चेतना लाई जति धेरै र उच्च स्थानमा आसिन गरायो त्यति नै छिटो आध्यात्मिकताको शिखरमा सफलताको झण्डा लहराउन सक्छ । अतः गुरुदिक्षा प्राप्त गरी दिक्षाको महत्वलाई आत्मासात गर्न सक्यौं भने जीवनमा पूर्णता टाढा छैन ।